देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यक छ : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यक छ : प्रधानमन्त्री



चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि निरन्तर संवादको आवश्यक रहेको बताएका छन् । 

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए । 

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए । 

प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिए । 

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १५:०३