पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पूर्वबाट आएका गाडी भरतपुर प्रवेश गर्न सकेनन्, जताततै गाडीकाे जाम



चितवन । एमालेको १०औं महाधिवेशनका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ ।

भरतपुर प्रवेश गर्न नसकेपछि केही गाडी फर्किएका छन् भने केही सहभागी हिँडेरै उद्घाटन स्थलतर्फ आइरहेका छन् ।

प्रशासनले महाधिवेशनको सुरक्षालाई दृष्टिगत गर्दै भरतपुरमा सवारीसाधन भित्रिन रोक लगाएपछि अहिले पूर्व-पश्चिम राजमार्गमा हजारौं सवारीसाधनको लाइन लागेको छ ।

एमाले महाधिवेशनको असर पृथ्वी राजमार्गमा समेत परेको छ । काठमाडौंबाट नारायणगढ र पोखरा जाने यात्रु सडकमै अलपत्र परेका छन् । पश्चिममा नवलपुर र पूर्वमा हेटौंडा दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार १४:२१