सिभिल बैंकले पायो नयाँ अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिभिल बैंकले पायो नयाँ अध्यक्ष



काठमाडौं । सिभिल बैंक लिमिटेडको मिति २०७८ साल मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । 

बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्नुभएकोमा सबै संचालकहरुलाई धन्यवाद दिए । सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गरे ।

प्रकाशित : २ मंसिर २०७८, बिहीबार ०८:०७