मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुगुमा भीषण आगलागी हुँदा १७ घर जले, मध्यरातिकाे आगाे बिहान मात्र नियन्त्रणमा



मुगु । मगु सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार मध्यरातिको आगलागीमा १७ घर  र तीन वटा घुम्ती पसल जलेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए । 

राति साढे १२ बजेदेखिको आगलागी बिहान  ४ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

ठीन्ले लामाको घरमा बल्दै गरेको दियो ढल्किएर आगलागी सुरु भएको प्रारम्भीक आँकलन प्रहरीले गरेको छ  । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

तस्बिर साैजन्य : सुकमाया शाही 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार ०८:१०