पल शाह बने एनएमबी बैंकको ब्रान्ड एम्बेसडर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

पल शाह बने एनएमबी बैंकको ब्रान्ड एम्बेसडर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । अभिनेता पल शाह एनएमबी बैंकको ब्रान्ड एम्बेसडर बनेका छन्।

बैंकले शाहसँग यससम्बन्धी द्विपक्षीय समझदारी भएको जानकारी दिएको हो।

उनीसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाएको छ। त्यस्तै अभिनेता शाहले पनि बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा खुसी लागेको र बैंकको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

एनएमबी बैंकका देशैभर १८१ शाखा रहेका छन्। बैंकले १३७ एटीएम, नौवटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार १७:०० 14 November, 2021 5:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।