बुटवल पावरको खुद नाफा सात करोड ५८ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बुटवल पावरको खुद नाफा सात करोड ५८ लाख



काठमाडौं। बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले सात करोड ५८ लाख नाै हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४६ दशमलव १९ प्रतिशतले बढेको हो । गत वर्ष भने यसले पाँच करोड १८ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

विद्युत् बिक्रीबाट २० करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १९ करोड तीन लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ६८ लाख ७७ हजार रुपैयाँबाट बढेर दुई करोड ६१ लाख चार हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा इक्विटी सेयर पुँजी दुई अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ र अन्य इक्विटी चार अर्ब १३ करोड ३८ लाख ३९ हजार रुपैयाँ छ । समीक्षा अवधिसम्ममा प्रतिसेयर आम्दानी दुई रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ सात पैसा छ । अघिल्लो वर्ष सोही अवधिसम्म बुटवल पावरको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९३ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ८३ पैसा थियो ।

प्रकाशित : 14 November, 2021 12:33 pm