लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैंकले अब १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसअघि बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको थियो । नेपाल राष्ट बैंकको निर्देशनपश्चात २६ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा छ । सेयरधीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ।

प्रकाशित : २८ कार्तिक २०७८, आईतवार ११:२३