नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति



काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति बनेको हो । मंगलबार भएको संघको साधारणसभाले संघको नयाँ नेतृत्व चुनेको हो । संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन्।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १७:१४