आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै



काठमाडौं। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघले मंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो ।

साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् । संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् ।

 सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार ११:३६