मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा



काठमाडौं। मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ । सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।  

सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्काशन गर्ने एजेन्डा पेस हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलवार १०:३७