कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले चार करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । यसको खुद ब्याज आम्दानी २० दशमलव १९ प्रतिशतले बढेर सात करोड ६३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अहिले दुई करोड ५९ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष सञ्चालनमा एक करोड १४ लाख ८४ हजार रुपैयाँ नोक्सान भएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३० दशमलव ७८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तले यस अवधिसम्ममा पाँच करोड दुई लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । त्यसैगरी, लघुवित्तको निक्षेप १८ दशमलव ०९ प्रतिशत र कर्जा ३९ दशमलव ८६ प्रतिशत बढेको छ ।

त्यस्तै, लघुवित्तको समीक्षा अवधिमा सापटी २५ दशमलव ६० प्रतिशत बढेको छ । तीन महिनामा नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस त्रैमाससम्म लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८९ पैसा छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार ११:५९ 3 November, 2021 11:59 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।