ज्योति लाइफले कति दिने भयो लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ज्योति लाइफले कति दिने भयो लाभांश ?



काठमाडौं । ज्याेति लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको १४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित पाँच दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार १२:१४