एनआइसी एसिया बैंकको लाभांश दर घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआइसी एसिया बैंकको लाभांश दर घट्यो



काठमाडाैं । एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब ५६ करोड ४० लाख रहेको छ ।

बैंकको लाभांश दर पोहोरभन्दा घटेको हो। पोहोर २० प्रतिशत दिएको थियो। पछिल्लो १० बर्षसमा बैंकले लाभांश ४१ प्रतिशतसम्म दिएको इतिहास छ। बैंकले कम्तिमा साढे १० प्रतिशत लाभांश दिएको छ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार २१:१४