सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ बराबरको बोनस सेयर र एक दशमलव ५७८९ प्रतिशतले हुन आउने दुई करोड आठ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभा बाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

हाल चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको बोनस वितरणपछि पुँजी आठ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ७ कार्तिक २०७८, आईतवार १२:२२