साहारा नेपाल साकोसले लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साहारा नेपाल साकोसले लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने



झापा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख र अति पिछडिएका सदस्यका छोराछोरीलाई डाक्टर पढाउने जनाएको छ । संस्थाले आगामी बार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको कात्तिक २७ गते हुनलागेको साधारणसभाबाट सो प्रस्ताव पारित गरिने जनाएका छन् ।

संस्थाले कार्यक्षेत्र झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर र इलामका साथै थप तीन जिल्लामा कार्यक्षेत्र विस्तार गरी उक्त कार्यक्रम संचालन गर्ने भएको हो ।

संस्थाको कार्यक्षेत्रमा रहेका मुसहर, सन्थाल, लेप्चा, किसान, गन्धर्व लगायत लोपोन्मुख जातिहरुको बसोबास रहेकोले उक्त कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ ।

ती समुदायका अभिभावकहरु संस्थाको सदस्य बनेको अवस्थामा तथा उनका सन्तानले एमबीबीएस पढ्न चाहिने योग्यता पूरा गरेमा यस्तो अवसर प्रदान गर्न साधारणसभामा प्रस्ताव लैजाने र उनीहरुलाई एमबीबीएससम्म अध्ययनको लागि छात्रवृद्धि प्रदान गर्ने योजना बनाइएको प्रमुख गिरीले बताए ।

प्रकाशित : ७ कार्तिक २०७८, आईतवार १०:४१