कुमारी साकोसको सेवा केन्द्र कोटेश्वरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

कुमारी साकोसको सेवा केन्द्र कोटेश्वरमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले पाचौँ सेवा केन्द्र कोटेश्वरको उद्धघाटन गरेको छ ।

संस्थाको मुख्य कार्यालय सहित ६ स्थानबाट सेवा दिनथालेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए । संस्थाको मुख्य कार्यालय चाबहिल तथा सेवा केन्द्रहरु कालीमाटी, ठमेल, साँखु, बालाजु र कोटेश्वरबाट सदस्यहरुले बचत भुक्तानी, बचत जम्मा, रेमिटेन्स, ऋण कारोबार लगाएत एटिएम सेवा लिन पाउने भएका हुन ।

कोटेश्वर सेवा केन्द्रमा दैनिक २ सय जना सदस्यले सेवा लिने र सदस्य विस्तार पनि गर्दै जाने योजना रहेको सेवा केन्द्र इन्चार्ज गोविन्द दंगालले जानकारी दिए ।

संस्थाले एसएमएस मोबाइल बौंकिङ, एटिएम सेवालगायत ३६५ दिन नै सदस्यलाई वित्तिय सेवा प्रदान गरिरहेको जनाइएको छ । संस्थाले घटस्थापनाको दिनको अवसर पारेर असोज २१ गते उक्त सेवा केन्द्रको उद्धघाटन गरेको हो ।

प्रकाशित : २१ आश्विन २०७८, बिहिबार २२:५६ 7 October, 2021 10:56 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।