हाम्रो एकीकृत साकोसको साधारणसभा सम्पन्न,सदस्य बिस्तारमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाम्रो एकीकृत साकोसको साधारणसभा सम्पन्न,सदस्य बिस्तारमा जोड



काठमाडाैं । स्वंयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाको एकीकरण पछिको चौथो साधारण सभा आज सम्पन्न भएको छ ।

असोज १५ गतेबाट हरेक सेवा केन्द्रहरुमा सुझाव र उपस्थिति गराउँदै सुरु भएको साधारणसभा आज निर्णय प्रमाणित सभा गरी आज समापन गरिएको हो ।

संस्थाले हरेक सेवा केन्द्रमा सदस्यलाई उपस्थिती गराई साधारण सभाको छलफल गरी सुझाव संकलन गरेको थियो । २० गते संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति र हरेक सेवा केन्द्रका प्रतिनिधि सदस्यहरू बीच विभिन्न प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन हरु पारित गरिएको थियो ।

उक्त सभा र सेवाकेन्द्र बाट छनौट भएर आएका प्रतिनिधि सदस्यहरुले सभाको अन्तिम दिन आज साधारण सभाको निर्यण पुस्तिकामा हस्ताक्षर गरी साधारण सभा समापन गरिएको हो ।

३५ करोडको वासलात रहेको संस्थाको सेयर सदस्य ८ हजार ६ सय रहेको छ । हाल संस्थाले ८ वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।

चालु आर्थिक वर्षमा संस्थामा १३ हजार ९ सय सदस्य आवद्ध गराउने र ६६ करोड वासलात पुर्याउने वित्तीय लक्ष्य लिएको जनाइएको छ ।

प्रकाशित : २१ आश्विन २०७८, बिहीबार २२:४६