सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो वर्ष यसले ५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव २६ प्रतिशत गरी कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सो लाभांश सेयरधनीलाई वितरण हुनेछ । 

बैंकको हाल चुक्ता पूँजी दुई अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ। बैंकको १० प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पूँजी तीन अर्ब एक करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ पुग्नेछ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार १२:२० 6 October, 2021 12:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।