सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ६३ प्रतिशत नगद गरी कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

हाल चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको लघुवित्तको ३१ दशमलव ०५ प्रतिशत बोनस सेयर वितरण भएपछि चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार १२:१२