गोर्खाज फाइनान्समा नयाँ संचालक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गोर्खाज फाइनान्समा नयाँ संचालक



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सभा असोज१८ गते सम्पन्न भएको छ । सभा होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो । सो साधारण सभाले नयाँ संचालन समितीहरु च्यन गरेको छ ।


संस्थापक शेयरधनी तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई, तथा साधारण शेयरधनि तर्फ वाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् । त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्न कुमार भट्टराई रहेका छन् ।

फाईनान्सले मुख्य कार्यालय सहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ भने विभिन्न बचत योजना संंचालन गरिरहेको छ ।


फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिट्न्स सेवा दिईदै आएको छ । फाईनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर, हेटौडा,सर्लाही तथा काठमाण्डौ उपत्यका भित्र डिल्लीबजार, बौद्व, गोंगबु, न्युरोड, सातदोबाटो र भक्तपुर गरि सातैवटा प्रदेशमा जम्मा २६ वटा शाखाहरु र एक एक्टेनशन काउन्टर संचालनमा रहेका छन् ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १६:५८