विद्युतले तार काटेपछि चितवनभर नेट अवरुद्ध, बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विद्युतले तार काटेपछि चितवनभर नेट अवरुद्ध, बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प



चितवन। नेपाल विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काटेपछि सेवा प्रदायकले आइतबार नेट सट साउन गरेका छन् ।

पोल भाडा तिरिसकेका सेवा प्रदायकले पनि इन्टरनेट सट डाउन गरेपछि चितवनभर इन्टरनेट अवरुद्ध भएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाका सबै सेवा ठप्प भएका छन् ।

सेवा प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारीे आस्मान तामाङले सेवा प्रदायक र प्राधिकरणका कर्मचारीलाई छलफलका लागि बोलाएका छन् । कुनै पनि बहानामा इन्टरनेट सेवा अवरुद्ध गर्न नहुने भन्दै उनले छलफलबाट सहमति गरी इन्टरनेट सेवा सुचारु गरिने बताए ।

प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबार पोल भाडा नतिर्ने ठूला इन्टरनेट सेवा प्रदायकको तार काटेको थियो । त्यस लगत्तै सेवा प्रदायकका कर्मचारीहरूले विरोध र्‍याली निकालेका थिए । पोल भाडा तिर्ने विषयमा सेवा प्रदायक र प्राधिकरणबीच विवाद रहँदै आएको छ । उनीहरूको विवादमा आम सेवाग्राहीहरू पिल्सिएका छन् ।
थप तस्बिर ग्यालरीमा छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार ११:३६