न्यादी हाइड्रोको सेयर आजबाट सर्वसाधारणलाई बिक्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

न्यादी हाइड्रोको सेयर आजबाट सर्वसाधारणलाई बिक्री



काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेड आजबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीको सेयरमा असोज १९ गतेसम्म आवेदन दिन सकिन्छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो। यसको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीले पाउने छन्। उनीहरुले ४५ हजार कित्ता पाउने छन्।

यसपछि ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुले पाउने छन्। बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणको दावी हुने छ।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ३० मेगावाट क्षमताको परियोजना बनाइरहेको छ। यसको अनुमानित लागत ६ अर्ब ११ करोड रुपैयाँ छ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार ११:०५