बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओमा २१ लाखको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओमा २१ लाखको आवेदन



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले जारी गरेको आइपीओमा २१ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आज (असोज १४ गते) अन्तिम दिनसम्ममा २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् ।

अन्तिम दिन साँझ ५ बजेसम्ममा उनीहरुले २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँ बराबरको अर्थात २ करोड ६५ लाख ३१ हजार ४० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन संस्थाले माग गरेको भन्दा ३३.१६ गुणा बढी हो ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १८:२१