नेपाल इन्भेस्टमेन्ट बैङ्कले ल्यायो पहिलो पटक नयाँ मोको डिजिटल वालेट, यस्ता छन बिषेशता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेस्टमेन्ट बैङ्कले ल्यायो पहिलो पटक नयाँ मोको डिजिटल वालेट, यस्ता छन बिषेशता



काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले पहिलो पटक नयाँ मोको डिजिटल वालेटको सुरुवात गरेको छ । फोकस वान पेमेन्ट सोलुसन र बैङ्कबिच डिजिटल कारोबारको सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैङ्कद्वारा लाइसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था फोकस वान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट–‘मोको’ ले आजदेखि इन्भेस्टमेन्ट बैङ्कसँग सहकार्य गरेको छ । डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी गरेको ‘मोको’ डिजिटल वालेट अनलाइन भुक्तानीमा आएको छ ।

कसरी प्रयोग गर्ने ? नेपाल इन्भेस्टमेन्ट बैङ्कको कार्ड विभागका कार्यरत कर्मचारी रिना चन्दका अनुसार मोको अहिले बैंककले प्रयोगमा ल्याएको थैली भन्दा केही भिन्न रहेको छ । मोको एप मोबाइलको प्ले स्टोरमा गएर इन्स्टल गर्न सकिनेछ ।

अरू वालेटमा ब्यालेन्स लोड गरिरहुनुपर्नेमा मोकोमा त्यस्तो झन्झट पर्दैन । मोको ग्लोवल रूपमा फैलिएको भिजा कार्ड एड गर्न मिल्ने बनाइएको छ । नेपालमा हाल ८५ लाख कार्डमध्ये ८२ लाख त भिजा नै रहेको छ ।

सर्वसाधारण प्रयोगकर्ताहरू सजिलै आफ्नो मोबाइल फोनमा भिसा कार्ड विवरण लिङ्क गर्न सकिनेछ । त्यसपछि क्युआर कोड स्क्यान गरेर लेनदेनको लागी भुक्तानी सुरु गर्न सकिनेछ । यो एप सुरक्षित अरू भन्दा सुरक्षित रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको सीईओ ज्योति प्रकाश पाण्डेले बताए ।

यसमा क्यु आर भुक्तानीको लागी सुरक्षित र स्थिर सिस्टम रहेको छ । प्रयोगकर्ताहरुले एउटा मोबाइल एपको प्रयोगले नै क्यु आर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा भुक्तानी गर्न सकिन्छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कको भिसा कार्ड प्रयोगकर्ताहरुले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरू लिङ्क गरी खरिद तथा विभिन्न सेवाहरू उपयोग गर्न सकिन्छ ।

जसबाट टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । यो सेवा लिन डिजिटल वालेट मा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन ।

हरेक समय ‘मोको’ प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्ड बिच कुनै पनि कार्ड छनौट गर्न सक्छन् । मोको प्रयोगकर्ताहरुले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन् । मोको धेरै बैङ्क कार्डहरूको लागि एकल डिजिटल र एकल वालेटको रूपमा कार्य गर्दछ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १२:५७