सिन्धु विकास बैङ्कका सिइओले जोशीले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिन्धु विकास बैङ्कका सिइओले जोशीले दिए राजीनामा



काठमाडौँ । सिन्धु विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रमेशप्रसाद जोशीले राजीनामा दिएका छन् ।

जोशीले व्यक्तिगत कारण देखाउँदै सिइओ पदबाट राजीनामा दिएको बैङ्कले एक सूचना जारी गदै जानकारी दिएको छ ।बैङ्कको सञ्चालक समितिको बैठकले कार्त्तिक १ गतेदेखि लागू हुने गरी उनको राजीनामालाई स्वीकृत गरेको छ ।


सिन्धु विकास बैङ्कको कामु सिईओको जिम्मेवारी गिरिले पाएका छन् । सञ्चालक समितिको बैठकले कायम मुकाम प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ) को जिम्मेवारी बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलाई दिएको छ ।

कार्त्तिक १ गतेबाट गिरिले अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको कार्यभार सम्हाल्ने बैङ्कले जनाएको छ ।

प्रकाशित : १४ आश्विन २०७८, बिहीबार १२:३४