सिभिल लघुवित्तको बोनस सेयर घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सिभिल लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

उक्त नगद लाभांश तथा बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । लघुवित्तको हाल चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ छ ।  

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार ११:२९ 30 September, 2021 11:29 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।