आइएमई पेको दशैँ अफरः हवाई टिकट खरिदमा ५०% क्यासव्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई पेको दशैँ अफरः हवाई टिकट खरिदमा ५०% क्यासव्याक



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े को दशैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गते सम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ ।

क्यासव्याकको सीमा रु. २००० सम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास नाहाटाले हवाई टिकट ‘आइएमई प’े को भुक्तानी सेवासंगै तीन दिनको लागि ५०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताउनु भयो ।

यो स्किम आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैंै यो स्किममा पनि नियम र सर्तहरु लागु हुनेछन । सबै प्रयोगकर्ताहरु आइएमई पे को माध्यम बाट हवाई टिकट खरिद मा फ्लैश बिक्री क्यासब्याक को लागि योग्य छन् । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ । यो स्किममा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन्

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १७:३७