नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे



काठमाडौं । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार खोपको पूर्ण मात्रा लगाउने कुल संख्या ६० लाख १४ हजार नौ सय ४१ छन् भने पहिलो मात्रा लगाउने ६५ लाख २८ हजार तीन सय ९२ पुगेका छन् ।

यस्तै खोप लगाउने महिलाको संख्या ३२ लाख नौ सय ९८ छ भने ४६ लाख नौ हजार ६ सय ६४ जना पुरुषले खोप लगाएका छन् । 

प्रकाशित : १० आश्विन २०७८, आईतवार १४:३९