नेपाल प्रहरीमा सईसहित ११ जना सम्पर्कविहीन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल प्रहरीमा सईसहित ११ जना सम्पर्कविहीन



काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । गैरहाजिर भएकाहरूको नामावली आइतबार सार्वजनिक गरेको गर्दै सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको हो । 

आफूखुसी गैरहाजिर हुनेहररूमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत २४ साउनदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । 

यसैगरी प्रहरी हबल्दारहरू हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको प्रहरीको सूचनामा उल्लेख छ ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी हेडक्वाटरले दिएको छ ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार ११:१७