बुद्धभूमिको आठ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

बुद्धभूमिको आठ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले ११ असोजदेखि आठ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासन गरेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन हुने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर संस्थाका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सात लाख ४४ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा १४ असाेजसम्म आवेदन दिन सकिनेछ ।

बुद्धभूमिको आईपीओमा सात लाख ४४ हजार कित्ता सेयर ७४ हजार चार सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । कम्पनीले हाल नुवाकोट जिल्लामा ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार ०७:४१