मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन



पोखरा । नेपाली कांंग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाल पारिको जिल्ला मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

शनिबार चार वटै पालिकामा नेतृत्व चयन गरिएको हो । नाशों गाउँपालिकाको सभापतिमा हुपजंग गुरुङ चयन भएका छन् । उनी वडा नम्बर ८ का वडाध्यक्षसमेत हुन् ।

चामे गाउँपालिका सभापतिमा पेम्बा दोर्जे लामा निर्वाचित भए । नार्पाभूमि गाउँपालिकाको सभापतिमा पालिका अध्यक्ष मिङ्मा छिरिङ लामा चयन भएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका सभापतिमा कान्छा गुरुङ चयन भएका छन् । नाशों, चामे र ङिस्याङमा ३५ तथा नार्पाभूमीमा २३ सदस्यीय कार्यसमिति चयन भएको पार्टी जिल्ला सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार २१:१८