प्रतिनिधिसभा बैठक : एमाले सांसद नाराबाजी गर्ने, सभामुखले बैठक चलाइरहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रतिनिधिसभा बैठक : एमाले सांसद नाराबाजी गर्ने, सभामुखले बैठक चलाइरहने



काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी भइरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ हुन्छ भनेलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका छन् ।

उनीहरूको नारबाजीबीच सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाएका छन् ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १४:४८