सभामुखले बोलाए सर्वदलीय बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सभामुखले बोलाए सर्वदलीय बैठक



काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाए हुन ।

एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।


बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् भने त्यसअघि सहमतिको पहल भएको हो।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १५:५५