आर्थिक अध्यादेश बहुमतले स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक अध्यादेश बहुमतले स्वीकृत



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाए । एमालेको नाराबाजीबिच नै उनले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।

सुवालपछि एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेस गरेका छन् । सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १५:४०