राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Flash News

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो। यस्तो लगानी २०७८ असोज १ गतेदेखि २०७९ असोज १ गतेसम्म ३६६ दिनको हुने राष्ट्र बैंकले जनाएको छ।

उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड रुपैयाँ, ख वर्गको राष्ट्रियस्तरका विकास बैंकमा ३९ करोड ७५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

मुद्दति निक्षेपका रुपमा लिन चाहेको रकम खोली राष्ट्र बैंकमा भदौ २५ गते ५ बजेभित्र [email protected] मा प्राप्त हुने गरी ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार १३:१६