सेयर कारोबारमा उच्च अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर कारोबारमा उच्च अंकको गिरावट



काठमाडाैं । मंगलबार सेयर कारोबारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेर रोकिएको छ ।

आज नेप्से परिसूचक २.२७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ १२.३४ अंकले घटेर ५५०.५२ विन्दुमा पुगेको छ ।

मंगलबार कूल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाक्ज ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।

कूल १३ उपसमूहमा १३ वटै उपसमुहको सेयर घटेको छ । आज हाइड्रोपावर र विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलवार १५:१८