देशभर २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

देशभर २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ सय ३ सय ६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जना गरी २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७ सय ९२ पुगेको छ ।

त्स्तैगरी पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोारेना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार ६ सय ६३ पुगेको छ । भने २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् ।

आज सबैभन्दा धेरै काठमाडौंमा ४५४, कास्कीमा १८१, ललितपुरमा १६९, मोरङमा ११२ र भक्तपुरमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार १६:५४