काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघले शुक्रबार देखि कारोबार थाल्ने, यस्तो छ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघले शुक्रबार देखि कारोबार थाल्ने, यस्तो छ योजना



काठमाडौँ । काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघले शुक्रबार देखि कारोबार सुरु गर्ने भएको छ । काठमाडौँको न्यूरोड प्यूखाबाट कारोबार सुरु गर्न लागिएको हो ।

न्युरोडमा शुक्रपथ सहकारी रहेको भवनमा रहेको सङ्घको कार्यालयबाट संघले कारोबार शुभारम्भ गर्न लागेको हो । अब बचत तथा ऋण सँगै बजारीकरण, प्याकेजिङ र ब्रान्डिङका काम पनि गर्ने तयारी गरेको छ ।

काठमाडौँ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा मगरले शुक्रबारदेखि कारोबार शुभारम्भ गर्न लागेको बताए ।

झोलामा धेरै राखेर अगाडी बढ्न कठिन देखिएकाले अब संघलाई व्यवसायिक बनाउने हेतुले काम सुरु गरिएको थापाको भनाई छ ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १८:५०