देशभर २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

देशभर २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ सय ७४ जनाको कोरोना परीक्षण भएकोमा २ हजार ४ सय ३३ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

जसमा ९ हजार ७ सय २ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ जनाको एन्टीजेन परिक्षण गर्दा ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २६ जना संक्रमितको मृत्यू भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन् ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १७:१६