मिलिजुली कालिञ्चोक साकोस २९ वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिलिजुली कालिञ्चोक साकोस २९ वर्षमा



दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था २९ वर्ष प्रवेश गरेको छ ।

संस्थाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १७ जनाको उपस्थिती रहेको थियो ।

त्यस्तै संस्थाले सम्मान तथा पुरस्कार २०७७र०७८ पनि घोषणा गरेको छ । जारी निषेधाज्ञाका कारण आगामी साधारणसभामा सम्मान र पुरस्कार वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

२६ जनाबाट सुरु भएको यस संस्थामा हाल २२ हजार ८ सय ८ जना सदस्य ९१२०४३ महिला र १०७६५ पुरुष० आवद्ध भएका छन् । त्यस्तै ८ हजार ९ सय ११ जना बाल बचतकर्ता रहेका छन् ।

५६ सय पुँजीबाट सुरु भएको संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा कुल वासलात १ अर्ब २५ करोड पुगेको छ । संस्थाको सेयर पूँजी ९ करोड १९ लाख २ हजार १ सय रहेको छ। त्यस्तै संस्थाले ८६ करोड ६७ लाख ८८ हजार बचत संकलन गरी ९२ करोड ५७ लाख ७८ हजार ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कोषमा ९ करोड ९७ लाख ५३ हजार ७ सय ४१ रुपैयाँ रहेको न्यौपानेले बताए ।

संस्थाले यस अवधिमा नाफा करिब १ करोड (अडिट हुन बाँकी) आर्जन गर्न सफल भएको छ । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले १ मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । २०५० साल भाद्र ७ गते संस्था स्थापना भई २०५० साल मंसिर २ गते संस्था दर्ता भएको थियो । संस्थाले आजकै दिनलाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार १४:५१