नियम विपरित १२८ स्थानिय तहले सहकारीलाई बाढे २५ करोड ८० लाख ३३ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नियम विपरित १२८ स्थानिय तहले सहकारीलाई बाढे २५ करोड ८० लाख ३३ हजार



काठमाडाै । स्थानिय तहहरुले नाफा कमाउनका लागि मात्रै स्थापित सहकारीलाई अनुदान दिएको खुल्न आएको छ । स्थानिय तहहरुले कृषि,शैक्षिक सेवा समान खरिद तथा विभिन्न सहकारी संस्थालाई बीउ पँजी तथा अनुदान उपलब्ध गराएका हुन ।


१२८ स्थानिय तहले नाफा कमाउने उद्देश्यले स्थापित भएका सहकारीका लागि २५ करोड ८० लाख ३३ हजार अनुदान उपलब्ध गराएको महालेखाको प्रतिवेदनले आैल्याएको छ ।


सो अनुदान नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजना छनोट गरि सञ्चालन गर्नु पर्नेमा सहकारी स‌ंस्थालाई अनुदान उपलब्ध गराएको नियम संगत नदेखिएको महालेखाको ठहर छ ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार १८:२३