मन्त्रिपरिषद् बैठकः १४ गते सार्वजनिक बिदा, प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः १४ गते सार्वजनिक बिदा, प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस



काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापतिमा सिफारिस भएका छन् । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

‘शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने आजको बैठकले निर्णय गरेको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसैगरी गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि सरकारले गरेको हो ।

प्रकाशित : ३ भाद्र २०७८, बिहीबार १७:४२