चाडपर्व मुखमा आयो सिडिओको यस्तो अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

चाडपर्व मुखमा आयो सिडिओको यस्तो अनुरोध



काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा लगायतका चाडपर्व भीडभाड नगरी सांकेतिक रुपमा मनाउन अनुरोध गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार सूचना निकालेर कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेकाले स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले चाडपर्ब मनाउन आग्रह गरेका हुन् । उनले भिडभाडजन्य गतिबिधि नगर्न पनि अनुरोध गरेका छन् ।

प्रकाशित : ३ भाद्र २०७८, बिहीबार १७:०६