अफगानिस्तानमा संकटमा परेका नेपालीको उद्धार गर्ने दायित्व सरकारको हो: प्रधानमन्त्री देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

अफगानिस्तानमा संकटमा परेका नेपालीको उद्धार गर्ने दायित्व सरकारको हो: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा संकटमा परेका नेपाली नागरिकको उद्धार गर्ने दायित्व सरकारको भएको बताएका छन् ।


सोमबार सामाजिक संजालमार्फत उनले भने, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’ उनले अगाडि भने,‘ सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’


देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको पनि बताए । यता परराष्ट्र मन्त्रालयले पनि त्यहाँ रहेका नेपालीहरुको विवरण संकलन शुरु गरिसकेको जनाइएको छ ।


त्यस्तै सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । बैठकले अफगानिस्ताामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपाली नगरिकको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वायत्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताए ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार १३:३५