कृषकको हितमा श्री तपाई हाम्रो नमूना साना किसान सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कृषकको हितमा श्री तपाई हाम्रो नमूना साना किसान सहकारी



सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ मा सञ्चालित श्री तपाई हाम्रो नमूना साना किसान सहकारी संस्थाले कृषकलाई व्यवसायीक बनाउने याेजनालाई प्रथामिकतामा राखेको छ । स‌स्थाले कृषक सदस्यहरुले उत्पादन गरेका फलफूल, दुग्धजन्य वस्तु इत्यादिको कृषि बजार व्यवस्थापन गर्न बजार सञ्चालन गर्ने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष शेरबहादुर रायमाझीले कृषकका उत्पादनको बजारीकरण सुनिश्चित गर्नका लागि कृषि बजार संकलन केन्द्र तथा सहुलियत पसल गर्न लागिएको जानकारी दिए । कृषि ढुवानीका लागि बोलेरो गाडि खरिद गरी ढुवानी सेवा दिने संस्थाले योजना बनाएको सुनाए।

उक्त सहकारीले कृषि क्षेत्र अन्र्तगत पशु, बाली, बिभिन्न लघु तथा उद्यम र साना, मझौला ब्यापार ब्यवसायमा कर्जा प्रवाह गर्दै सदस्यका जीवनमा परिर्वतन गर्दै आएको ब्यबस्थापक बिनिता भुजेलले जानकारी दिइन । खाग्दलमा बंगुरपालान, कुखुरापालन, नगदेबालीको फर्म संचालन गर्दै आएकोमा २०७७ असारमा भोटेकोशी र खाग्दल खोलामा आएको भीषण बाढीले फर्म पूर्ण रुपमा नष्ट भएको थियो । सो फर्म नष्ट हुदाँ ५५ लाख भन्दा बढीको क्षति भएको अध्यक्ष रायमाझीले दुखेसो गरे ।

बाह्रबिसे नगरपालिकाको कृषि र पशु सेवा कार्यालयसँग समन्वय गरी सो फर्म फेरि संचालनमा ल्याउन लागिएको छ । साथै अहिले सो सहकारीले राम्चे बजारमा आधुनिक कृषि बजार संचालन गर्ने काम थालनी गरेको छ । स्थानीय उत्पादनलाई सहजै रुपमा बजारीकरण गर्न सो कृषि बजार संचालनमा ल्याउने काम भईरहेको अध्यक्ष रायमाझीले बताए ।

अर्गानिक खेतीमा प्रोत्साहन

संस्थाको कार्यक्षेत्र भित्र रहेका बाँझो जग्गाका सदस्यहरुलाई अर्गानिक खेती गर्न उत्साह जगाउने संस्थाले योजना बनाएको व्यवस्थापक भुजेलले जानकारी दिइन ।

संस्थाले अर्गानिक खेती गर्ने सदस्यलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गर्ने छ । सदस्यको बालीनालीमा आवश्यक पर्ने रासायानिक मल, मौसमी तथा बेमौसमी बीउ विजन, किटनाशक औषधि खरिद तथा बिक्री गर्न नगरपालिकासँग समन्वय गरी खरिद बिक्रीको व्यवस्था मिलाइने योजना रहेको व्यवस्थापक भुजेलको भनाइ छ ।

संस्थाले कागती, सुन्तला, केरा, आँपलगायतका बिरुवा कृषि सेवाकेन्द्रसँग समन्वय गरी कृषहकरुलाई उपलब्ध गराउँदै आएको छ । संस्थाले बाह्रबिसे नगरपालिका, साल्ट ट्रेनिङ कम्पनी र कृषि सामग्री कम्पनीसँग समन्वयमा सम्झौता गरी रासायानिक मल बिक्री डिलर प्राप्त गरी किसानलाई सहुलियत मल वितरण गरेको छ ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर, मकै छोडाउने मेसिन, औषधि छर्ने स्प्रे, गोलभेडा टनेल, च्याउ टनेल, मौरीघार प्राप्त गरी सदस्यलाई हस्तान्तरण गरेको छ । उन्नत जातका धान र मकैको वीउ वितरण गरेको छ । संस्थाले विभिन्न रेमिट सेवा पनि दिइरहेको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी मोबाइल रिजार्ज, बिल भुक्तानी सेवा, टिभी रिचार्जको सुविधा दिइरहेको छ । सहकारीले पशु र बाली बीमा गर्दै आएको छ ।

१ सय ७६ जनाबाट शुरु भएको सहकारीमा अहिले एक हजार सात सय २३ जना सदस्य आबद्ध भएका छन् । एक करोड ७६ सेयर पुँजीबाट शुरु भएको उक्त सहकारीमा अहिले २ करोड ७२ लाख १८ हजार दुई सय सेयर पुंजी पुगेको ब्यबस्थापक बिनिता भुजेलले जानकारी दिइन ।

उक्त सहकारीले कृषि क्षेत्र अन्र्तगत पशु, बाली, बिभिन्न लघु तथा उद्यम र साना, मझौला ब्यापार ब्यवसायमा कर्जा प्रवाह गर्दै सदस्यका जीवनमा परिर्वतन गर्दै आएको ब्यवस्थापक भुजेलले बताइन ।

प्रकाशित : ३१ श्रावण २०७८, आईतवार १७:००