चन्द्रागिरि साकोसको सेवाकेन्द्र दहचोकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्रागिरि साकोसको सेवाकेन्द्र दहचोकमा



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले दहचोक सेवाकेन्द्र आज उद्धघाटन गरेको छ । संस्थाले चन्द्रागिरि नगरपालिका वडा १२ सृजनाचोकमा सेवाकेन्द्र सुरुवात गरेको हो ।

सेवाकेन्द्रको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घघाटन गरेका हुन् । संस्थाले दहचोक नमुना बचत तथा ऋण सहकारी संग एकीकरण गरेको थियो ।

२०५८ साल वैशाख ६ गते स्थापना भएको चन्द्रागिरि साकोसले समुदायलाई विभिन्न सहकारी सेवाहरु प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ सालबाट संस्था एकीकरणको कार्यक्रम गर्दै आएको छ ।

यसअघि ३ वटा संस्था एकीकरण गरि ललितपुरको खुमलटार, काठमाडौंको न्यूरोड र धादिङको नौविसेमा सेवाकेन्द्र स्थापना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धरले सहकारी एकीकरण प्रकृयालाई थप जोड दिँदै अगाडि बढन् योजना रहेको बताए ।

अध्यक्ष योगेन्द्रकुमार कुँवरले दहचोक क्षेत्रमा चन्द्रागिरि साकोसले गुणस्तरीय सहकारी वित्तीय सेवा प्रदान गर्ने अठोट गरेको हुँदा ढुक्कु भएर साकोसको सेवामा आवद्ध हुन अनुरोध गरे ।

संस्थामा २०७८ असार मसान्त सम्ममा कुल सदस्य संख्या १४ हजार २२५ जना, शेयर पुँजी १६ करोड १४ लाख, बचत निक्षेप २ अर्ब २१ करोड रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी ऋण लगानी १ अर्ब ७५ करोड र कुल सम्पत्ति २ अर्ब ७३ करोडको रहेको बताए । सेवाकेन्द्र उद्घघाटनका दिन १ सय जना व्यक्तिहरुले सदस्यता लिएको र ३२० जना सदस्यहरुले कारोवार गरेको सेवाकेन्द्र प्रमुख सुनिल बस्नेत जानकारी दिए ।

प्रकाशित : ३० श्रावण २०७८, शनिबार १८:२५