भदौ ५ गतेसम्म अत्यावश्यबाहेकका सबै सेवा बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

भदौ ५ गतेसम्म अत्यावश्यबाहेकका सबै सेवा बन्द



बागलुङ । बागलुङमा कडा प्रावधानसहित भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो ।

गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो । केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमद्वारा जारी निषेधाज्ञाको आदेशअनुसार सबै खाले सार्वजनिक÷निजी यातायात बन्द भएका छन् ।

बजार, व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी÷गैरसरकारी कार्यालय पनि सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न र पशुपक्षीका पसल हरेक आइतबार, बुधबार र शुक्रबार मात्र सञ्चालन हुनेछन् ।

यस्तै तरकारी, फलफूल, दूध, मासु, पानीलगायत अत्यावश्यक सेवाका पसल स्वास्थ्य मापदण्डको पालना गरेर दैनिक बिहान १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको छ । विवाहलगायत संस्कारजन्य कार्यमा पनि एक पक्षबाट जम्मा सात जना मात्र सहभागी भएर घरमै गर्नुपर्ने नियम तोकिएको छ ।

प्रकाशित : २८ श्रावण २०७८, बिहीबार १६:००