सहकारी मन्त्रालयमा सचिव फेरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी मन्त्रालयमा सचिव फेरिए



काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई ल्याइएको छ ।

सोमबार(आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । भूमि व्यवस्था मन्त्रालयमा कार्यरत टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा पठाइएको छ ।

वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् । यसअधि उनी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत थिए । त्यस्तै रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याइएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए ।

प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरिएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।

प्रकाशित : २५ श्रावण २०७८, सोमबार १८:२०