सेयर बजार परिसूचक झिनो अंकले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजार परिसूचक झिनो अंकले वृद्धि



काठमाडाैं । आइतबार शेयर बजार (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । तर, कारोबार रकम भने उत्साहजनक देखिएको छ ।

यस दिन बजार ०.६६ अंकले बढेको हो । ०.०२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक ३१०८.१२ अंकले बढेको हो ।

यस दिन २२७ कम्पनीका २ करोड ६९ लाख ९६ हजार ३ सय १३ कित्ता शेयर किनेबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८ सय ८७ रुपियाँ बराबरको कारोबार भएको हो ।

झिनो अंकले बजार बढेको भए पनि बैंकिङ समूह ०.०८, विकास बैंक ६६.३७, जलविद्युत ११५.०५, वित्त २१.८९, उत्पादनमूलक समूह २.८४ र म्युचुअल फण्ड ० अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी निर्जीवन बीमा समूह २०२.७९ अंकले घटेको छ ।

प्रकाशित : २४ श्रावण २०७८, आईतवार १६:२७