काठमाडाैं । चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल हस्पिटलबिच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार संकल्प साकोसका सेयर सदस्यहरुले सिभिल हस्पिटलको ओपिडि सेवा निशुल्क पाउने छ्न भने औषधि खरिदमा ५ प्रतिशत छुट र अन्य सेवामा २० प्रतिशत छुट पाइने छ ।
त्यस्तै न्युन आय भएका सेयर सदस्य हरुलाई सबै सेवामा ५० प्रतिशत छुट पाउनेछ्न । शुक्रबार संकल्प साकोसका अध्यक्ष बिभु पोखरेल र सिभिल हस्पिटलका प्रशासकीय अधिकृत राजन कुमार साहले सम्झौतामा हस्ताक्षर गरेका हुँन ।
आर्थिक,प्रशासनिक रुपमा बलियो रहेको संकल्प साकोसले आफ्ना सेयर सदस्यको स्वास्थको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेको छ ।
Comment